सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन् ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा लागेका हुन् । दुई दिनसम्म नेपाल समूहसँग भएको छलफलमा कुरा नमिलेपछि तीन नेता आआफ्ना सांसद जोगाउन लागेका हुन् ।
ओलीले नेपालसँग पाँचवटा प्रस्ताव राखेर उनलाई मनाउने प्रयास गरेका थिए। नेपाल समूहले प्रस्ताव अस्वीकार गरेपछि ओली पक्षले बालुवाटारमा आफूपक्षका सांसदको भेला गरेको छ। यसबाट झस्किएका दाहाल र नेपाल पनि आफ्ना पक्षका सांसदसँग सम्पर्कमा छन् ।
सांसदलाई आ–आफ्नो पक्षमा राख्न कसरत, ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार
‘दाहाल र नेपालले आआफ्ना पक्षका सांसदलाई सम्पर्क राख्न निर्देशन दिएका छन् । उनीहरुले सबै क्षेत्रका सांसदलाई आफ्नो सम्पर्क राख्न एक एक जनालाई जिम्मेवारी दिएका छन्’, स्रोतले भन्यो । ओलीले आफ्नो पक्षका सांसदलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन् । ओलीले सोमबार र मंगलबार आफू पक्षीय सांसदलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । नागरिक दैनिकबाट





















प्रतिक्रिया