नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप–१० मा पुग्न सफल भएका छन् । उनी भोटका आधारमा आइडलको टप–१० मा पुग्न सफल भएका हुन् । दिवेशले आफूलाई यो स्थानमा पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । उनले केही दिनअघि फेसबुक पेजमार्फत् नेपाली भाषामासमेत भोट अपिल गरेका थिए ।
अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । ३ वटा माध्यमबाट १ जनाले प्रतिस्पर्धीलाई १०/१० पटक गरेर ३० भोट गर्न सकिने व्यवस्था गरिएको छ । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।





















प्रतिक्रिया