Logo

प्रवास

प्रगतिशील नेपाली समाजले भारतमा अलपत्र नेपालीलाई उद्धार गर्न माग गरेको छ



 

भारतमा हजारौंको संख्यामा अलपत्र नेपालीलाई उद्धार गर्न प्रगतिशील नेपाली समाज भारतले नेपाल सरकासित माग गरेको छ ।
संगठनका अध्यक्ष प्रकाश नेपाली र महासचिव लोकेन्द्र सेर्पालीको संयुक्त विज्ञप्तिमार्फ भनिएको छ । ‘आदरणीय भारत प्रवास स्थिति नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यतिबेला विश्व महामारीको रुप लिएको कोरना भाइरस COVID १९ बाट सारा विश्व आक्रान्त बनिरहेको छ ।
चिनको बुवान सहरबाट सुरुभएको भाइरस अहिलेसम्म विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ ।’ भाइरसका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । विश्वभरी लाखौं मान्छेहरुको ज्यान गैसकेको छ भने लाखौंलाख मान्छेहरू संक्रमित छन् करोडौं मान्छेहरु बेरोजगार भएर बसेका छन् ।

भारतमा पनि संक्रमितको संख्या र मृतकको संख्या बढ्दो क्रममा छ । त्यसैलाई नजरअन्दाज गरि भारत सरकारले भाइरस नियन्त्रण गर्ने उदेश्य सहित गत मैना मार्च २२ / ३ / २०२० देखि जारीगरेको लकडाउनलाई निरन्तरता दिदै आगामी मइ १७ /५/ २०२० सम्म थप लकडाउनको घोषणा गरेको छ । यद्यपि केही स्थानमा खुकुलो पार्दै लगेको छ ।

मजदुरहरुलाई घर फीर्तीको लागि केही प्रक्रिया पुर्‍याएर एक राज्य बाट अर्को राज्य जानलाइ अनुमानि दिएको छ ।
यद्यपि उक्त मिति सम्म पनि भाइरस नियन्त्रणमा आउने कुनैपनि सम्भावना छैन भाइरस नियन्त्रणमा आउने उत्तम विकल्प भनेकै लकडाउन भएकोले भारत सरकारले लकडाउन बढाउदै लग्ने सम्भावना यकदम बडी छ ।

भारत सरकारको उक्त निर्णयलाई पालना गर्दै तपाईंहामी जाहाछौं त्यहि स्थानमा सुरक्षित तरिकाले बस्नहुन विषेश आग्रह गर्दछौं ।
भाइरस नियन्त्रणको लागि नेपाल सरकार बाट नै नेपाल भारत सीमा नाका बन्द गरेको अवस्थामा विभिन्न फेक न्युजबाट र व्यक्ति विषेशबाट नेपाल फिर्तीको लागि आएका गलत सुचनामा नलागि धैर्य भएर आआफ्नो स्थानमा बस्नहुन विषेश अपिल गर्दछौं ।

यतिबेला अन्य मुलुकमा जस्तै भारतमा पनि तपाईं हामी अत्यन्तै दु:ख दायि अवस्थामा छौं । हजारौंको संख्यामा नेपाली मजदुर विद्यार्थी विभिन्न पेसाकर्मीहरु यात्राको क्रममा विच बाटोमै अलपत्र छन् । उनिहरुको सकुशल उद्धारको लागि नेपाल सरकारबाट कुनै पहलकदमि भएको छैन । अलपत्र नेपालीलाई नेपाल सरकारले छिटोभन्दा छिटो उदारगरि१४ दिन क्वारेन्टाइनमा राखी स्वास्थ्य चेकजाँच गरि सकुशल आआफ्नो घर फिर्तीको लागि व्यवस्था मिलाइदिन प्रगतिशील नेपाली समाज समिति भारत जोरदार माग गर्दछ ।

साथै दिल्ली स्थिति नेपाली दुतावासलाइ उक्त कार्यमा महत्त्वपूर्ण भुमिका निभाइदिन विषेश ध्यानाकर्षण गराउदछौैं । भनिएको छ ।
हालै भारत सरकारले जारी गरेको थप तेस्रो चरणको लकडाउन घोषणा सँगै भारतमा अलपत्र नेपालीहरू झन् निराश बनेका छन् उनिहरुको अवस्थामा दिनानुदिन कठिन हुदै गैरहेको, भारतका विभिन्न ठाउँबाट घर फिर्तीको लागि हिडेका हजारौं नेपाली मजदुर यतिखेर विभिन्न सहरहरुमा दुखदायीक जिबन बिताइरहेका छन् उनिहरुलाई यतिबेला विभिन्न समस्याले सताइरहेको छ नत राम्रोसँग बस्ने बास छ नत पेटभरि खानाको व्यवस्था छ न उनिहरुको उद्धारको लागि कुनै ठाउँबाट पहल कदमि भएको छ । न नेपाल सरकारले कुनै विषेश पहल थालेको छ न दिल्ली स्थिति नेपाली राजदुतावासले महत्त्वपूर्ण भुमिका खेलेको छ । उ मुखदर्शक भएर बस्नु बाहेक बाँकी कुनैपनि पहल कदमी लिएको देखिएको छैन । नेपालीहरु यतिखेर भारतमा कठिन अवस्थामा छन् उनलाई रोगले भन्दा भोगले मर्न सकिने चिन्ताले सताएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार २१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।