Logo

प्रदेश

जब बानेश्वरमा बम भेटिएको हल्ला चल्यो…



नयाँँ बानेश्वरको सुकुम्बासी बस्तीमा मंगलबार बिहान बम भनी प्रेसर कुकर अज्ञात समूहले राख्दा केहीबेर स्थानीय बासिन्दा त्रसित भएको प्रहरीले जनाएको छ ।

बाटोमा राखिएको प्रेसर कुकर बम हुन सक्ने आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । सेनाको टोलीले हेर्दा कुकरमा बालुवा मात्रै रहेको पाइएको हो ।

केहीबेर जनजीवन प्रभावित भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ । सो कुकर कसले राखेको हो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।