Logo

प्रवास

भारतमा अलपत्र नेपालीको उद्दार गर्न युवा विद्यार्थी नेताको माग



नेपाल विद्यार्थी संघका नेता भरत बहादुर बुढाले भारतमा रहेका नेपालीहरूलाई उद्दार गर्न माग गरेका छन् ।

कोरोना भाइरसको महामारीको कारण भारतमा रहेका रोजिरोटी रोजगारीको सिलसिलामा गएका मजदुरहरू सँग टेलीफोन गरेर उनिहरूका पिंडा, दु:ख बुझी सरकारसँग आग्रह गरेका छन् ।

नेपालीलाई व्यवस्थित योजना बनाएर क्रमश: उद्दार गर्न समेत नेता बुढाले सरकारलाई सुझाव दिए । यो सँगै सिमा नाकामा क्वारेन्टाइन बसेका महिनादिन भन्दा लामो समयदेखि नेपाल आउन नपाएको भन्दै उनिहरूलाई नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरे ।

भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न उनको माग छ । अछामको तुर्माखाँद गाउँपालिका जनताहरू सँग भारतमा सबै राज्यमा रहेका तीन सय जना सँग टेलिफोन संवाद गर्दा त्यहाँ रहेका उनिहरू कसैको पनि वातावरण नभएको जानकारी दिए ।

भारतमा रहेका प्रायः नेपाली नागरिकहरूले घर फर्कन पाउनुपर्ने माग रहेको समेत उनले जानकारी दिए । ज्याला मजदुरीको लागि भारतमा पुगेका नेपालीलाई सरकारले छिटोभन्दा छिटो उद्दार गर्न पनि सरकार सँग आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार ०९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।