वीरगञ्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन् । अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्कमा नरहेको अस्पताल स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको जानकारी दिएको छ ।
‘कोरोना संक्रमित भागेको खबर आएलगत्तै प्रहरी टोली खोजीका लागि खटिएको छ’, जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने ।संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ ।





















प्रतिक्रिया