Logo

प्रमुख समाचार

काली नदी वारी नेपालकै हो, तत्काल भारतीय सेना फिर्ता पठाउनुपर्छः देउवा



पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले काली नदी वारीको भूभाग नेपालकै भएको बताएका छन् । उनले नेपाली भूमिको विषयमा कुनै विवाद नै नरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

‘काली नदी वारीको भूभाग नेपालकै हो । तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ । त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ’, उनले भने, ‘लिपुलेकका विषयमा चीन र भारत दुबैलाई राखेर संवादमार्फत समस्या समाधान गर्नुपर्छ ।’

त्यस्तै देउवाले विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्कालउद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले नेपालीहरुलाई फिर्ता गरेर स्वदेशमै काममा लगाउने उपयुक्त अवसर भएकोसमेत बताएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार २०:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।