Logo

प्रदेश

थप दुई जनामा भेटियो कोरोना, संक्रमितको संख्या दुई सय ४५ पुग्यो



नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको छ। बिहीबार थप दुई जनामा कोरोना भाइरस पुष्टि संगै सर्तकता समेत बढाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा दुई नयाँ संक्रमित फेला परेका हुन् ।

जानकारी अनुसार चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकालाई संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।यस अगाडि बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ०७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।