Logo

पत्रपत्रिका

माइतीघरमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा



भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको छ ।

प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग गरिने प्रहरीले जनाएको छ ।

तर माइतीघरमा सोमबार शान्तिपूर्ण रुपमा भेला भएका विद्यार्थीमाथि प्रहरीले उक्त डिभाइस प्रयोग गरेको हो । पूर्वमहान्यायाधीवक्त रमण श्रेष्ठले प्रहरीले झट्का दिनुलाई मौलिक अधिकार र मानवअधिकार विरुद्धको कार्य भएको टिप्पणी गरे ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीले भने फिल्डमा खटिएका अधिकृतलाई यसबारे थाहा हुने प्रतिक्रिया दिए ।याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ०८:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।