एनआइसी एशिया बैंकले करारमा काम गरिरहेका आफ्ना कर्मचारीलाई करारको समयावधि नसकिंदै कोरोना भाइरसका कारण बैंकको आम्दानी खुम्चिएको भन्दै राजीनामा दिन दबाब दिन थालेको सार्वजनिक भएको छ ।
काठमाडौ उपत्यकामै कार्यरत केही कर्मचारीलाई राजीनामा दिन बाध्य पारेर हटाइएको समेत पाइएको छ । आगामी असार मसान्तसम्म करार अवधि बाँकी रहेका कर्मचारीलाई जबर्जस्ती हटाउन थालेको हो ।
श्रम ऐन अनुसार ६ महिना करारमा काम गरेका कर्मचारीलाई स्थायी गर्नुपर्ने व्यवस्था भएपनि बैंकले प्रत्येक ५ महिनामा करार सम्झौता नविकरण गरेर श्रम शोषण गरिरहेको करारमा काम गरिरहेका कर्मचारीहरूले नै आरोप लगाएका छन् ।
कोरोना भाइरसका कारण बैंकहरुको आम्दानी घटेका कारण नाफामा असर पर्ने भन्दै आउटसोर्सीङ र करारमा रहेका कामदारलाई हटाउन सुरु गरेका हुन् ।
कर्मचारी नहटाउन राष्ट्रबैंकको निर्देशन
राष्ट्रबैंकले बैंकर्स संघमार्फत सबै बैंकहरूलाई करारमा राखेका कर्मचारीहरु नहटाउन प्रष्ट निर्देशन दिएको छ । बैंकहरुले करारका कर्मचारी हटाउने तयारी गरेपछि राष्ट्रबैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो । त्यतिमात्र नभएर एनआइसी एशिया बैंकलाई करारमा राखेका कर्मचारी नहटाउन मौखिक निर्देशन समेत दिएको थियो ।
संकटको घडीमा कामदारको समस्या नबुझेर आफैंके करारमा नियुक्त गरेका कर्मचारी हटाउने काम जारी राखे आगामी दुई वर्ष नयाँ कर्मचारी भर्ना गर्न रोक लगाउने चेतावनी समेत दिएको छ ।





















प्रतिक्रिया