Logo

प्रदेश

बिपत्तिमा सांसद यादवको हर्कत: मेयरको खुट्टा तान्न व्यस्त !



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले आक्रान्त बनेको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव बिपत्तिको घडीमा समेत फोहोरी राजनीतिमै व्यस्त छन् ।

लगातार कोरोना संक्रमित बढिरहेको बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीलाई असफल बनाउन संघीय सांसद यादव नै सक्रिय देखिएका हुन । हालको जनता समाजवादी पार्टीका नेता समेत रहेका सांसद यादव आफ्नै पार्टीका मेयर सरावगी विरुद्ध कम्मर कसेर लागेका छन् ।

‘विपतको यस्तो विषम परिस्थितिमा एउटा जनप्रतिनिधिले अर्को जनप्रतिनिधिलाई सहयोग गर्नुपर्ने अवस्थामा सहयोगको सट्टामा खुट्टा तान्न सक्रिय हुँदा दु:ख लागेको छ ।’ जनता समाजवादीका एक स्थानिय नेताले भने । विपत्तिको समयमा आफ्नै पार्टीबाट निर्वाचित मेयरलाई बदनाम गराउन आफूनिकट नेता /कार्यकर्ताका साथै केही सञ्चारमाध्यममा पनि मेयरले अनियमितता गरेको भन्दै झुटा खबर फैलाउन सांसद यादव नै सक्रिय रहेको मेयर निकट एक नेताले जानकारी दिए ।

वडा सदस्य समेत जित्न लायक नरहेका मेयर सरावगीलाई मेयरमा जिताएको दाबी गर्ने सांसद यादवकी श्रीमती पिंकी यादव भने बिरगञ्ज महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी नेतृ शान्ति कार्कीसँग पराजित भएकी थिइन । ‘आफ्नै श्रीमतीलाई उपमेयर जिताउन नसक्ने सांसद यादवले सरावगीलाई कसरी मेयर जिताउन सक्छन् ?’ मेयर निकट जनता समाजवादीका एक नेताको प्रश्न छ ।

पर्सा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद यादवले निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या बुझ्न् आफ्नो निर्वाचन क्षेत्रमा जान हिचकिचाउने गरेको जनता समाजवादीकै एक युवा नेताले जानकारी दिए । ‘अहिले विपतको घडीमा समेत सांसद यादव संघीय राजधानीमै लुकेर बसेको’ ती युवा नेताको आरोप छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनको अवधिमा अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई वितरण गरिएको राहतमा समेत अनावश्यक विवाद सिर्जना गरिएको र त्यसमा सांसद यादवकै संलग्नता रहेको मेयर सरावगी पक्षका नेताहरूको बुझाई छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार ०६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।