विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच पनि विकास निर्माणको कामले निरन्तरता पाएको छ । स्थानीय जनप्रतिनिधि विकासको काममा निरन्तर खटिरहेका छन् ।

राजधानीको नागार्जुन नगरपालिका वडा नम्बर – १ देखि नर्सरी चोक देखि माइक्रो पार्क सम्मको बाटो कालोपत्रे गर्ने काममा नगरपालिकाका मेयर मोहन बस्नेत सहितका जनप्रतिनिधि निरन्तर खटिइरहेका छन् ।

मेयर बस्नेत र वडा नम्बर – १ का वडा सदस्य रामेश्वर लामाको विशेष पहलमा नगरपालिकाको बजेटमा कालोपत्रेको काम सम्पन्न भएको हो ।






















प्रतिक्रिया