विकासका नाममा विनाश हुने गरेको प्रसंग बेलाबखत सुन्दै आएकै कुरा हो । त्यस्तै भएको छ, सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ का बिबश थापालाई पनि विकासको नाममा भएको विनाशले चिन्ता निम्त्याएको छ ।
गत आर्थिक वर्षको बजेटबाट कमलामाई नगरपालिका वडा नम्बर ६ पानीट्यांकीमा हुँदै माझिटार निस्कने सडक सफाईको क्रममा गठित उपभोक्ता समिति र कमलामाई नगरपालिकाको लापरबाहीले स्थानीय थापाको घरको मुनिपटी बिना जानकारी आवश्यकता भन्दा बढी भित्ता काटिदिएका कारण पहिरो गएर घरको कम्पाउण्ड समेत चर्किएको छ । अघिल्लो वर्षको असार २७ गते रातीको अविरल वर्षाका कारण नै घर चर्किएको थियो ।
त्यस समयमा तत्काल राहत तथा उद्दारको लागि अनुरोध गर्दा नगरपालिकाका मेयर खड्ग खत्रीले हाल अविरल वर्षाको क्रम चलिरहेकाले हाल केही गर्न नसकिने हुँदा तत्कालै केही गर्न नसकीने हुँदा तत्काल २ थान त्रीपाल दिएर झारा टार्ने काम गरेका थिए । ‘यो त्रीपाल लगेर अहिले पहिरो छोप्नु वर्षा कम भएपछि प्राविधिक पठाई आवश्यकता अनुसारको क्षतिपूर्ति उपलब्ध गराउने छौं ।’ मेयर खत्रीको प्रतिबद्धता उदृत गर्दै पीडित थापाले भने ।
तर क्षतिको प्राविधिक लेखाजोखा र क्षतिपूर्तिका लागि पीडित थापाले नगरपालिकामा पटकपटक मौखिक ताकेता गर्दा कुनै सुनुवाइ नभएपछि अघिल्लो वर्षको पुस १९ गते वडाको सिफारिस लिएर नगरपालिकासँग अनुरोध गर्दा समेत तत्कालै प्राविधिक पठाउने आश्वासन दिएपनि मेयर खत्रीले पटकपटक झुट बोल्दै आएको पीडित थापाले जानकारी दिए ।

त्यसै क्रममा विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण एकातिर लकडाउन चलिरहेको छ भने अर्कोतिर वर्षायाम सुरु हुन लागिसकेको छ । त्यसैले वैशाख २२ गते मेयर खत्रीलाई टेलीफोन मार्फत अनुरोध गर्दा उनले यसपटक कोरोना कोसमा हालिएको भन्दै केही गर्न नसकिने भन्दै पन्छिएको पीडित थापाले भनाइ छ ।
‘समस्या अर्को वर्षको बजेट कुर्नुको हैन, समस्या भनेको यसपटकको वर्षामा त्यो घरलाई कसरी जोगाउने भन्ने हो ।’ पीडित थापाले दुखेसो पोखे । आफ्नो समस्या लिएर जेठ ५ गते मेयर खत्रीको घरमै गएर समस्या समाधानका लागि अनुरोध गर्दा मेयर खत्रीले पीडित थापालाई गालीगलौज गर्दै हिउँदभरी किन नभनेको भन्दै धम्क्याएका थिए । अप्ठ्यारो परिस्थितिमा नियतबस अप्ठ्यारोमा पार्न खोजेको भन्दै गालीगलौज गरेको पीडित थापाको भनाइ छ ।
‘अवश्य पनि यतिबेलाको समस्या कोरोनाका कारण संकटकालिन समय हो तर मैले आफ्नै स्थानीय सरकारबाट न्याय नपाएकोले बरु उल्टै अपमानित हुनुपरेको’ गुनासो गर्दै समस्या समाधानका लागि आवश्यक पहल गरिदिन पनि सम्बन्धित निकायसँग पीडित थापाले आग्रह गरेका छन् ।





















प्रतिक्रिया