जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकालीको मुहान टुंगो नलगाई महाकाली सन्धि गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।
एक अन्तरवार्ताको क्रमम नेता महतोले आफ्नो गोरुको बाह्रै टक्का जस्तो गरेर राष्ट्रिय सहमति र एकता बिना नक्सा मात्रै प्रकाशित गरेर वा संविधान संशोधन गरेर सांसदको लोगोमा राख्दैमा भूमि फिर्ता नआउने उनको टिप्पणी छ ।
हिजो महाकाली सन्धि गर्दा केपी ओली कहाँ जानुभएको थियो ? आजभन्दा २० \ २५ वर्षपहिला महाकालीको मुहान नै टुंगो नलगाई सम्झौता गरेर ५० वर्ष अगाडि नै बेचेर खाइसकेको आरोप लगाउँदै खोक्रो राष्ट्रवादको खेती गरिरहेको समेत आरोप लगाए ।
नयाँ नक्सा सहित आफूहरूको मागलाई समेत समेटेर संविधान संशोधनको प्रस्ताव ल्याए जनता समाजवादीले स्वीकार गर्ने उनको भनाइ छ ।




















प्रतिक्रिया