Logo

प्रमुख समाचार

व्यवसायीलाई कर नतिर्न देउवाको अपिल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने भद्र अवज्ञा गर्न अपिल गरेका छन् । उनले लकडाउनको बेला सरकारले कर तिर्न गरेको ताकेताको विरोध गर्दै अवज्ञा गर्नुको विकल्प नभएको बताएका हुन् ।

‘लकडाउन भएको अढाइ महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो,’ देउवाले आज अपिलमार्फत भनेका छन, ‘त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन । सरकार असंवेदनशील भएको भन्दै आलोचना गर्दै गम्भीर बन्न आग्रह गरे ।’

देउवाले तत्काल जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता फिर्ता गरेर समयावधि थप गर्न माग गरेका छन् ।

देशभर आन्तरिक राजश्व कार्यालयले २५ जेठभित्र कर तिर्न सुचना जारी गरेपछि विरोध प्रदर्शन भइरहँदा देउवाको अपिल सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।