Logo

अर्थ

कर बुझाउने म्याद थप, चौतर्फी विरोधपछि सरकार पछि हट्यो



चौतर्फी विरोध भएछि सरकारले कर तिर्ने समयावधी बढाएको छ ।  यसअघि २५ जेठसम्म तिर्नुपर्ने गरी आन्तरिक राजश्व विभागले सुचना जारी गरेकोमा आज फेरि डिजिटल सुचनामार्फत् म्याद थपेको हो ।

अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला पनि असार ७ गतेसम्म गरिसक्नुपर्नेछ ।

यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि असार ७ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ ।

दुई महिना लकडाउन गरेर लकडाउनकै अवधि जेठ २५ गतेसम्म कर तिर्न गरिएको उर्दीविरुद्ध व्यापारी, राजनीतिक दलहरुले विरोध जनाएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।