Logo

प्रदेश

अख्तियारद्वारा गोरखापत्रका महाप्रबन्धकसहित ४ जनाविरूद्ध मुद्दा दायर



अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शुक्रबार अख्तियारले चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपक कुमार भन्सालीविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोप छ ।

अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीलाई ४ देखि ६ वर्ष सम्मको कैद र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको माग गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।