Logo

प्रदेश

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना संक्रमण आशंकामा सबै सेवा बन्द



भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको छ।

मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ। सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका–३ झौखेल बस्दै आएकी ती महिला अस्पताल भर्ना भएको आधा घण्टामै बितेको जनाइएको छ।

महिलामा सामान्य रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १५:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।