नेपाल-भारत सीमाक्षेत्रमा तनाव भई गोली चल्दा एक जनाको ज्यान गएको छ । सर्लाहीको नारायणपुरमा गोली चलेको हो ।सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएपछि त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुनेको परिचय खुलिसकेको छैन । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।





















प्रतिक्रिया