सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । केही दिनअघि संसद्मा १० अर्व खर्च भएको भन्ने अभिव्यक्ति आएसँगै देशैभर प्रर्दशन शुरु भएसँगै सरकारले खर्चको विवरण सार्बजनिक गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । थापाले सामाजिक सञ्जालमा, कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सीसीएमसी निर्देशन समितिको निर्णय अनुसार सार्वजनिक गरिएको बताएका छन् ।
कोरोना नियन्त्रणमा मन्त्रालयगत खर्च
संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा बढी रक्षा मन्त्रालयको १ अर्व ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको छ । स्वास्थ्य मन्त्रालयको १ अर्व ५८ करोड ५२ लाख ८३ हजार, गृह मन्त्रालयको २ करोड ४५ लाख ८८ हजार, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय ५ करोड २० लाख, शहरी विकास मन्त्रालय १ करोड ४२ लाख, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय २ करोड ६९ लाख ७८ हजार रहेको छ ।
मन्त्रालयगत खर्च कुन शीर्षकमा कति खर्च ?
कोरोना नियन्त्रण तथा रोकथाममा ५ अर्व ६२ करोड ९२ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । जसमध्ये सबैभन्दा बढी ओषधी स्वास्थ्य सामाग्रीमा ३ अर्व ९० करो ८८ लाख खर्च गरेको हो । त्यस्तैगरी स्वास्थ्य पूर्वाधारमा १ अर्व १२ करोड ५० लाख, जनशक्ति परिचानमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टिनमा १३ करोड ५५ लाख ३३ हजार र अन्यमा ४० करोड १५ लाख ९ हजार रहेको छ ।
प्रदेशको खर्च १ अर्व ३० करोड
प्रदेश सरकार तर्फ सबैभन्दा बढी सूदुर पश्चिम सरकाले खर्च गरेको छ । सूदुर पश्चिम सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २६ करोेड, ४८ लाख ७० हजार खर्च गरको छ ।
यस्तै, प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ को १३ करोड ६९ लाख ४६ हजार, बागमती प्रदेशको १३ करोड ६७ लाख, गण्डकी सरकारको १५ करोड ४२ लाख १० हजार र कर्णाली प्रदेशले २३ करोड, ९२ लाख ८३ हजार खर्च गरेका छन् ।
सार्बजनिक तालिका अनुसार, हालसम्म स्थानीय तहले २ अर्व ९८ करो ५१ लख ९४ हजार खर्च गरको छन् भने कोरोना कोषमा ४ अर्व ८३ करोड २७ लाख १५ हजार रुपैयाँ रहेको छ।






















प्रतिक्रिया