‘आउँदो असारबाट मुलुकको राजनीति फरक बाटोमा जान्छ । थुप्रै नेता जेल जान्छन् । धेरैको जागिर जान्छ । नेताहरुमाथि भौतिक आक्रमण हुन्छ । मुलुक गृहयुद्धमा प्रवेश गर्नेछ । राजासहितको गणतन्त्रको सम्भावना बढी छ । ’
अनलाइन पाना टीभीसंगको कुराकानीमा डा. अहिराज अगाडि भन्छन्, ‘संसद् बिघटनको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन रहेकाबेला प्रमुख दलहरुले सडकमा आन्दोलन गरेर प्रभावित पार्न खोजे । अहिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड–नेपाल समूह, कांग्रेस, जसपा सबैले न्यायलयमाथि दबाब दिइरहेका छन् । यो गलत हो । ’
डा. अहिराजले संसद् बिघटनले संविधान समाप्त भएको नभइ नेताहरुको जागिर मात्र गएको स्पष्ट पार्दै नेताहरुले संविधान नै सकिएको जसरी भ्रम छर्नु गलत भएको बताए । उनी भन्छन्, ‘ के नेताहरुको जागिर जानु भनेको संघीयता र गणतन्त्र सकिनु हो ? ’
बिस्तृत भिडियोमा :



















प्रतिक्रिया