Logo

प्रमुख समाचार

एमसीसीमा ओलीलाई साथ नदिने वामदेवको घोषणा



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण दिएका छन् ।

उपाध्यक्ष गौतमले आफ्नो सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणी सुवेदीमार्फत यस्तो घोषणा गरेका हुन् । सुवेदीमार्फत गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै पार्टीभित्रको अन्तरविरोध र मुख्य मुद्दाहरुमा आफ्नो ‘पोजिसन’ स्पष्ट पारेका हुन् । उक्त प्रस्टिकरणमा गौतम सरकारमा जाने हल्ला पूर्णत निराधार रहेको उल्लेख छ । त्यसैगरी उनले सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा चित्रित गर्ने क्रम बन्द गर्न पनि ओलीपक्षधरलाई चेतावनी दिएका छन् ।

‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिदैछ’ सुवेदीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

केही समय सार्वजनिक प्रतिक्रियामा गौतम नआउने उल्लेख छ । नेकपामा एमसीसी अनुुमोेदन गर्ने तथा सरकारका काम कारवाहीका विषयमा दुईथरी मत छ । त्यहीँ क्रममा प्रधानमन्त्री ओली पक्षले गौतमले आफुलाई साथ दिने र त्यसको बदला मनत्रत्री बनाउने चर्चा चलाएपछि उनले आफ्नो कित्ता क्लियर गरेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार २०:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।