Logo

राजनीति

आङरिता शेर्पाको निधन प्रति प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त 



प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँ चितुवाको नामले परिचित आङरिता शेर्पाको निधन प्रति दुख व्यक्त गरेका छन् । बिना अक्सिजन १० औं पटक हिमाल आरोहण गरेका शर्पाको निधन प्रति प्रधानमन्त्री ओलीले दुख व्यक्त गरेका हुन् । 

सोमबार ट्विट मार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुस्खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १४:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।