Logo

प्रदेश

बलात्कार पछि बालिकाको हत्या, तीनदिनपछि भेटियो शव



जनकपुरमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ । भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका कुर्थाकी विनोद पजियारकी ११ वर्षीया छोरी कञ्चन पजियारको बलात्कार पछि हत्या भएको हो ।

बुधबार अपरान्ह घर नजिकैको आँप बगैंचामा गोठालो गएकी कञ्चनको शव शुक्रबार अपरान्ह घरभन्दा एक किलोमीटर पर रहेको दुधमती नदिमा फेला परेको प्रदेश २ प्रहरी कार्यलयले जनाएको छ ।

बुधबारदेखि बेपत्ता बालिकाको खोजी भएपनि फेला परेकी थिइनन् । घटनास्थल नजिक दुर्गन्ध फैलिएपछि खोजतलास गर्दा बालिकाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यलयको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।