Logo

राजनीति

ओली प्रचण्ड छलफल सकियो, शनिबार पुनः छलफल हुने



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिचको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्ष बिचको छलफलमा के – के कुराकानी भयो तथा के – के सहमति भए भन्ने विवरण सार्वजनिक नगरिएपनि शक्ति बाँडफाँडमा केन्द्रित रहेर कुराकानी भएको बुझिएको छ ।

२०७५ जेठ ५ को समझदारीलाई आधार मानेर शक्ति बाँडफाँडको प्रयास भएको जनाइएको छ । उक्त सहमतिको साक्षीको रूपमा रहेका पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि आजको छलफलमा सहभागी भएका थिए ।

अध्यक्षद्वयको शुक्रवारको बैठकले कुनै ठोस निष्कर्ष नलिकाले पनि पार्टी एकता जोगाउन यस्ता छलफल निर्णायक हुने भन्दै शनिबार बिहान पुनः छलफल गरेर समझदारीमा पुग्ने कोशिश गर्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १५:३०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।