Logo

समाचार

प्युठानमा टिपर दुर्घटना, दुई जनाको ज्यान गयो



प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

खप्रेङखोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका वडा नम्बर ५ मोतीपुरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर टिपरका चालक र सह–चालक दुवै जनाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।

टिपर चालक नौबहिनी–६ पिपलटारी प्युठानका ३० वर्षीय रोशन थापा र सोही ठाउँका सह–चालक २७ वर्षीय जोगबहादुर पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : असार २०, २०७७ शनिबार  ११ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।