Logo

प्रमुख समाचार

बझाङमा ३४ वडाको मतपरिणाम : कांग्रेसका सिंहले बढाए मतान्तर



बझाङ १ को प्रदेश सभा उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ ।

सोमबार बिहानसम्म ३४ वडाको मत गणना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन् । उनले ८८७४ मत ल्याएका छन् ।

कांग्रेसका सिंहलाई नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले पछ्याइरहेका छन् । भण्डारीले ८६१५ मत ल्याएका छन् ।

यहाँ कांग्रेसका उम्मेदवार सिंह २५९ मतान्तरले अगाडि छन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३२१५ मत ल्याएका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २३१० मत ल्याएका छन् ।

बझाङमा अझै १६ वटा वडामा खसेको मत गणना गर्न बाँकी छ। २०७९ मा भएको चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेसका उम्मेदवारले जितेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०९:०२   :  बजे

432
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।