Logo

प्रमुख समाचार

जसपाका नेताहरू देउवा निवासमा, नागरिकता विधेयकमा छलफल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शिर्ष नेताहरूबीच नागरिकता विधेयकको विषयमा छलफल भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बिहान छलफल भएको हो । नागरिकता विधेयकबारे छलफल गर्न भन्दै जसपाका शिर्ष नेताहरू देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

भेटवार्तामा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला तथा जसपाको तर्फबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राई सहभागी थिए ।

कांग्रेस र जसपाले विदेशी बुहारीलाई विवाह गरेर आउनासाथ नागरिकता दिने व्यवस्था गर्नुपर्ने माग गरेका गर्दैै आएका छन् । सरकारले हालै ल्याएको नागरिकता विधेयकमा नेपाली युवासँग बिबाह गरेर आउने बिदेशी बुहारीलाई  सात वर्षपछि मात्र नागरिकता  दिने व्यवस्था छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १२:४०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।