सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच रोकिएको स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको ‘वान टु वान’ छलफलमा रोकिएको स्थायी कमिटीको बैठक सुचारु गर्ने र स्थायी कमिटीकाे बैठक अगाडि दुबै अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
मंगलबारको दुई अध्यक्षको छलफल सकारात्मक रहेको तथा भोलि बिहान स्थायी कमिटी बैठक अगाडि दुबै अध्यक्षले एकपटक पुनः छलफल गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्ने छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबीचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको थियो ।
ओली र प्रचण्डबीच सोमबार झण्डै डेढघण्टा लामाे चलेको छलफलमा पार्टीको विवाद दुई अध्यक्षबीच नै बसेर टुंग्याउने कुरा भएको नेताहरुले बताएका थिए ।
ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग, कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन । तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।
















प्रतिक्रिया