Logo

प्रमुख समाचार

स्थायी कमिटी बैठक चौथोपटक स्थगित, अर्को बैठक शुक्रबार बस्ने



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चौथोपटक स्थगित भएको छ । स्थगित गरिएको बैठक शुक्रबार बिहान ११:०० बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौथो पटक स्थगित गरिएको छ ।

मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच स्थायी कमिटि बैठक नरोक्ने र विवाद समाधानका लागि दुई अध्यक्षबीच पनि संवाद जारी राख्ने सहमति भएको बताइएको थियो ।

तर बुधबार बिहान फेरि बैठक स्थगित भएको सूचना दिइएको छ । प्रचण्ड– माधबकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि संकटमा आएका ओली दुवै पद नछोड्ने अडानमा छन् ।

पार्टी फुटाउनसम्म पछि नहट्ने मनस्थितिमा देखिएका ओली पछिल्लो केही दिनयता अलि नरम देखिएको नेताहरुकाे भनाइ छ ।

समस्या समाधानका लागि ओली र प्रचण्डबीच लगातार वार्ता हुँदै आएको छ । मंगलबार पनि वार्ता गरेका ओली–प्रचण्डले बुधबार पनि छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।