सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद र सत्ता संघर्ष चर्किएसँगै नेपालको राजनीतिक घटनाक्रमको नतिजा आफ्नो पक्षमा पार्न भारतीय गुप्तचर निकायका प्रमुखहरू काठमाडौमा भेला भएका छन् ।
भारतको रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख समंत कुमार गोयल र इन्टेलिजेन्स ब्यूरो प्रमुख अरविन्द कुमार अहिले नेपालाम जारी राजनैतिक उतारचढावकाबीच छलफलमा व्यस्त रहेको डेली पायोनियरले लेखेको छ । यी दुई गुप्तचर निकाय प्रमुखहरु नेपालको घटनाक्रम भारतको पक्षमा पल्टाउन नेकपाका शीर्ष नेताहरुसँग छलफलमा जुटेको बताइएको छ । पछिल्लो समय चिनियाँ राजदूतको सक्रियता बढेपछि भारतले पनि यहाँ सक्रियता बढाएको बताइएको छ ।
गोयल र कुमारले नेपाली राजनीतिज्ञहरुसँग गरिरहेको यो छलफल नेपालमा पछिल्लो समय विकसित घटनाक्रम र लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने कदमबाट नेपाललाईपछि हटाउने उद्देश्यसहित भइरहेको बताइएको छ ।
नेकपाका नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशवप्रसाद बडाल लगायतसँग छलफल भएको बताइएको छ । त्यस्तै भारतीय गोयल र कुमारले नेकपाका नेताहरु वर्षमान पुन, शंकर पोखरेल र प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँग पनि छलफल गरेको बताइएको छ ।
स्रोतका अनुसार भारतीय टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित डा. मिनेन्द्र रिजाल, बिमलेन्द्र निधी र कृष्ण सिटौलासँग पनि सम्पर्क गरेको बताइएको छ । छलफलमा जसपामा महन्थ ठाकुर, उपेन्द यादव र बाबुराम भट्टराई पनि सहभागी भएको समाचारमा उल्लेख छ । यसै बीचमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँग चिनियाँ राजदूत हाउ यान्छीले पनि छलफल गरेकी थिइन् । यान्छी यसअघि चीनको गुप्तचर एजेन्सीमै थिइन् । उनी यसअघि चीनको गुप्तचर एजेन्सीमा युरोप क्षेत्रकी प्रमुख थिइन् ।
















प्रतिक्रिया