प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका नेता-कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी-पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका छन् ।
उनले ट्विटरमार्फत सिन्धुपाल्चोकका नेता-कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी-पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
‘सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ । म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु,’ सभापति देउवाले भनेका छन् ।
उनले सरकारलाई छिटोभन्दा छिटो उक्त क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध पनि गरेका छन् ।




















प्रतिक्रिया