Logo

प्रदेश

सप्तकोसीमा पानीको बहाव खतराको स्तरभन्दा उच्च, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



लगातारको वर्षाका कारण सप्तकोसी नदिमा पानीको बहाव खतराको स्तरभन्दा माथी पुगेको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदीमा पानीको बहाव बढेसँगै ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यलय सप्तरीका अनुसार अहिले सप्तकोसीमा पानीको बहाव २ लाख ७ हजार ७ सय ४५ क्युसेक प्रतिसेकेन्ड छ ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमीटरसम्म नेपालतर्फ रहेको पश्चिम तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्ष अगाडि कोसी योजनाले कोसीको मध्यभागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ फर्काएपछि सुरक्षित मानिदैं आएको पश्चिमी तटबन्धमाथि पनि दबाब बढ्दै गएको हो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार ११:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।