Logo

प्रदेश

कोशीमा जलस्तर बढदैगएपछि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह, ३८ ढोका खोलिए



निरन्तर वर्षाका कारण सप्तरीको सीमा क्षेत्रमा रहेको कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । नदीमा बहाव बढ्दै गएपछि फाटक (ढोका) खोल्ने क्रम पनि जारी छ ।

नदीमा पानीको बहाव उच्च रहेको अवस्थामा अहिले ५६ वटा मध्ये ३८ वटा फाटक खोलिएको छ । शनिबार बिहान गरिएको मापन अनुसार अहिले कोशी नदीमा पानीको बहाव २ लाख ७३ हजार ३ सय क्युसेक कटिसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनक स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसँग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । कोशी नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको दर्जनौँ गाउँ डुबान पर्ने गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।