कुनैबेला विश्वकै धनी बनेका वारेन बफेटलाई सन् २०२० मा एसियाका सर्वाधिक धनी मुकेश अम्बानीले पछि पारेका छन् । रियलायन्स ग्रुपका मालिक अम्बानीले बिहीबार वारेन बफेटलाई पछि पार्न सफल भएका हुन् । बफेटको कुल सम्पती ६७.९ बिलियन डलर रहेको छ भने अम्बानी उक्त संख्या पार गर्दै ६८.३ बिलियन डलर बनाउन सफल भएका छन् ।
अम्बानीको रिलायन्स जियोसँग लगभग २ महिनाको अवधिमा फेसबुक, सिल्वर लेक, केकेआर, अबु धाबी लगानी सहित कुल १२ वटा कम्पनीले लगानी गरेको थियो। अम्बानीको जियोमा विदेशि कम्पनी मार्फत लगानि भित्र्याएर आफ्ने सम्पती उच्च स्थानमा पुर्याउन सफल भएका हुन् ।
८९ वर्षीय वारेन बफेटले बर्कसायर ह्याथवेलाई सन् २००६ मा ३७ बिलियन डलरको सहयोग गरेका थिए। त्यसकारण उनी धनी सुचीमा पछि परेका छन् । अम्बानी तत्काल विश्वको धनी मध्ये आठौँ स्थान कायम गरेका छन् भने बारेन वफेट ९ स्थान कायम गर्न सफल भएका छन् ।





















प्रतिक्रिया