Logo

अर्थ

सुनको भाउ सामान्य घट्यो, आजको मूल्य कति ?



सुनको भाउ सामान्य घटेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार यसको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेर ९१ हजार ६६० रुपैयाँमा कारोकार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।

अघिल्लो दिन यसको मूल्य प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ थियो । यता चाँदीको मूल्य भने शुक्रबार कै मूल्य ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार ११:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।