Logo

अर्थ

सुन–चाँदीको मूल्य बढ्यो



सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार यसको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर ९१ हजार ८६५ रुपैयाँ पुगेको छ ।

आइतबार यसको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ थियो । यता चाँदीको मूूल्य १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९ सय ८० रुपैयाँ थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।