Logo

अर्थ

प्रदेश २ सरकारको बजेट १ महिना पछि पारित



प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको बजेट मत विभाजन प्रकृयामार्फत् एक महिनापछि पारित भएको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो ।

गत असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गराउन साथ दिएका थिएनन् । सर्वसम्मतले बजेट पारित नभएपछि मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई सभामुख सरोज यादवले उभिन लगाएका थिए ।

प्रदेशका कुल १ सय ७ सांसदहरुमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ल्याएको रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट चालु आर्थिक वर्ष २०७६र७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो ।

चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालुतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो । तर बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षीले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विपक्षीले विरोध जनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।