Logo

अर्थ

सुनको मूल्यमा एक सय रुपैयाँ गिरावट



मंगलबार सुनको मूल्यमा एक सय रुपैयाँ गिरावट आएको छ । आज छापावाला सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । सोमबार छापावाला सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि १०५ रुपैयाँले घटेर ९१ हजार ७६० रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य ९१ हजार ८६५ रुपैयाँ थियो । यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर ९९५ रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य ९९० रुपैयाँ थियो ।

 

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।