मंगलबार पनि शेयर बजार सकारात्क देखिएको छ । शेयर बजार समालियर कारोबार भइरहेको छ । ११ बजेबाट खुलेको शेयर बजार बन्द हुने समय ३ बजेसम्म घटबढ हुँदै हरियो भएर बन्द भएको छ । कारोबार समयमा उतार चढाव आउनु शेयर बजारको बिषेशता हो । शेयर कारोबारमा लगानी कर्ताको ठूलो भुँमीका रहेको हुन्छ ।
लगानीकर्ताले गरेको किनबेचको आधारमा शेयर बजारको पुँजी घटबढ हुने र सकारात्मक सर्किट, नकारात्मक सर्किट लाग्ने गर्दछ । तर यो हप्ता शेयर बजार पुरै समयसम्म कारोबार भएरमात्र बन्द हुने गरेको छ । अघिल्लो हप्ताको उतार चढाव पछि यो हप्ता बजार समालिएको हो ।

आज नेप्से ५.०४ अंकले बढेर १३४७.४४ बिन्दुमा गएर रोकिएको छ । ९९ करोड ४५ लाख ४५ हजार १०९ रुपैयाँको कारोबार भएको छ । मंगलबार २५ लाख ७८ हजार १२४ कित्ता शेयर कारोबार भएका छन् । यस्तै, ५ वटा भन्दा बढि कम्पनीको शेयरमा १० प्रतिशत भन्दा बढि बढेर सर्किट लागेको छ ।






















प्रतिक्रिया