महालेखापरीक्षकले सबै म्यूचुअल फण्डलाई करको दायरामा ल्याई कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ । महालेखाको ५७ औं बार्षिक प्रतिवेदनले यस्तो निर्देशन दिएको हो ।
नेपालमा हाल १७ वटा सामुहिक लगानी फण्ड रहेको र यस्ता निकायहरुले व्यवस्थापन शुल्क लिई म्युचुअल फण्ड व्यवस्थापकको रुपमा स्कीम सञ्चालन गरेको उल्लेख छ । सामुहिक लगानीमध्ये नमूना परीक्षणको आधारमा परीक्षण गर्दा ४ म्युचुअल फण्डले ४३ करोड १ लाख नाफा कमाएको र सबै म्युचुअल फण्डलाई करको दायरामा ल्याई कर असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।





















प्रतिक्रिया