Logo

अर्थ

नेपाल राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, मध्यान्ह ३ बजे नीति सार्वजनिक हुँदै



आगामी आर्थिक वर्ष २०७७-७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट पारित भएको छ । बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ । बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।