लघुवित्तको लाइसेन्स रोक्का गरिएको छ । निवेदन दिएर पाइपलाइनमा रहेका कम्पनीहरुको समेत लाइसेन्स रोक्का गरिएको छ । लघुवित्तहरुले दीर्घकालीन कोषहरुबाहेक अरु रकम ३ महिनाभन्दा बढी अवधिसम्म बैंकमा निक्षेप राख्न नपाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५ प्रतिशत सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको हो ।
यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको छ । यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । सेयर बजार सुधारमा यसले सहयोग पुग्ने देखिएको छ ।





















प्रतिक्रिया