Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस विरुद्ध संघर्ष गर्न १० अर्ब ३० करोड सहयोग गर्न राष्ट्रसंघको अपिल



संयुक्त राष्ट्रसंघले कोरोना भाइरस महामारीविरुद्ध संघर्ष गर्न १० अर्ब ३० करोड डलर रकम आवश्यक रहेको भन्दै शक्ति राष्ट्रहरुसँग अपील गरेको छ । राष्ट्रसंघले आर्थिक सहायताका लागि आव्हान गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो । राष्ट्रसंघले कोभिड–१९ का कारण यो वर्षको अन्त्यसम्म २६ करोड ५० लाख मानिसहरूले भोकमरी सामना गर्नुपर्ने बताएको छ ।

उक्त रकम कम आय भएका र कमजोर देशहरूमा प्रयोग गरिनेछ । राष्ट्रसंघले यो रकम उठाउन नसकिए दशकौंदेखिको विकास खेर जाने चेतावनी दिएको छ । उसले गत मार्चमा पनि २ अर्ब डलर सहयोगका लागि अपील गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।