Logo

अर्थ

कोरोना र लक डाउनकाबीचमा पनि फर्स्ट माइक्रोफाइनान्सको नाफामा यसरी सुधार



फर्स्ट माइक्रोफाइनान्सले कोरोना र लक डाउनकाबीचमा पनि खुद नाफा बढाउन सफल भएको छ । यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.४७५ ले बढाएर १३ करोड ९७ लाख २४ हजार रुपैयाँ पुर्याएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसले १३ करोड २४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो । चैतसम्ममा (तेस्रो त्रैमासमा) यसको नाफा ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो ।

फर्स्टको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै उकालो लागेकाले पनि खुद नाफा बढ्न टेवा पुगेको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ५.५१५ ले बढेर २२ करोड ४१ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले २१ करोड २४ लाख ५६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ३.८०५ ले बढेर २१ करोड ७९ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले २० करोड ९९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ८० करोड ७ लाख ४१ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २४ करोड ७९ लाख १५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४५ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९६ पैसा छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।