Logo

अर्थ

तेस्रो पटक सकारात्मक सर्किट लागेर नेप्से कारोबार आइतबारको लागि बन्द



शेयर कारोबार आज आइतबारका लागि बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागे र बन्द भएको हो । यसँसगै आज दिनभरका लागि सेयर कारोबार बन्द भएको छ । दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६प्रतिशत ले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।

मौद्रिक नीति कारण सेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । अधिकांश कम्पनीको सेयर भाउ बढेको छ । लगानीकर्ताको मनोविज्ञान निकै सकारात्मक भएको देख्न सकिन्छ । यसअघि आइतबार नै बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।

आज नेप्से ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेर बन्द भएकोे छ । ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँमा १ लाख ८० हजार ५९६ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १२:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।