Logo

अर्थ

गरिमा बैकले ९.९९ प्रतिशतमा घरकर्जा उपलब्ध गराउने



गरिमा विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले यस कर्जाको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने बताएको छ । बैंकले कर्जा स्वीकृत भएको १ वर्षसम्म ब्याजदरमा परिवर्तन नगर्ने र घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगानी गरिने जनाएको छ ।

त्यस्तै, बैंकले यस योजनाको कर्जामा अग्रिम भुक्तानी गरेमा शुल्क नलाग्ने, ३० वर्षसम्मको कर्जा भुक्तानी तालिका प्रदान गरिने, २ वर्षसम्म ग्रेस अवधि दिईने, र ग्रेस अवधिमा ब्याजमात्र भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ११:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।