सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । यससँगै उनले आगामी चार वर्षसम्म यस बैंकमा रहेका आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।
बैंकले आर्थिक वर्ष २०७६ र ७७ को तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १ अर्ब ६१ करोड ८७ लाख २१ हजार रुपैयाँ कमाएको छ । बैंकको २०७६ र ७७ को तेस्रो त्रैमाससम्म चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ रहेको छ ।





















प्रतिक्रिया