Logo

अर्थ

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अनिनिश्चित समयका लागि सार्ने तयारी



नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा अनिनिश्चित समयका लागि सर्ने भएको छ ।सरकारले लकडाउन अन्त्य गरे पनि सभा सम्मेलन गर्न रोक लगाएका कारण साउन अन्तिम साताका लागि तय भएको महासंघको साधारणसभा स्थगित गर्ने तयारी भएको छ।

यससँगै अब महासंघको साधारणसभा र नेतृत्व हस्तान्तरण कहिले हुन्छ अनिश्चय बढेको छ।

‘सरकारले अन्य क्षेत्र खुला गरे पनि सभा सम्मेलन नगर्न भनेको छ, त्यसकारण साउन २६ र २७ गतेका लागि तय भएको साधारणसभा सार्ने तयारीमा रहेको छ ।

सरकारले बुधबार लकडाउन अन्त्यको घोषणा गरे पनि स्कूल कलेज, सिनेमा हल, सभा सम्मेलन गर्न रोक लगाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार ०७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।