Logo

अर्थ

अजोड इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण



अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबार कम्पनीको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयर भोलीदेखि कारोबार खुल्नेछ। कम्पनीले कारोबार संकेत एआईएल पाएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

कम्पनीले असार २५ गते बिहिबार देखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो।

बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेको छ । त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा कायम भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।